दक्षिण कोरियाबाट ‘प्रकृति–२’

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

काठमाडौं । गायिका प्रकृति थलङ लिम्बू साँगीतिक कार्यक्रममा सिलसिलामा दक्षिण कोरिया पुगेकी छन् । पछिल्लो सयम निकै व्यस्त रहेकी प्रकृतिले आफ्नो सोलो एल्बम ‘प्रकृति–२’ सार्वजनिक गर्नेवित्तिकै दक्षिण कोरिया गएकी हुन् ।

दक्षिण कोरियाको महानचाड ‘चुसक’को अवसरमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । त्यहाँस्थित सुओनमा यही १२ सेप्टेम्बर अर्थात शुक्रबार आयोजना हुने ‘ताप्लेजुङ डान्स पाटी’मा प्रकृतिले आफ्नो प्रस्तुतीमात्र दिने छैनन्, जहाँ ‘प्रकृति–२’को पनि विमोचन गर्नेछिन् । दक्षिण कोरिया उड्ने बेलामा प्रकृतिले भनिन्, ‘प्रकृति–२’ एल्बमको कोरियामा पनि विमोचन हुँदैछ ।’

‘ताप्लेजुङ डान्स पाटी’मा सहभागी हुनका लागि गायिका प्रकृतिसँगै डिजे एसवाइएन र डिजे नेस पनि कोरिया पुगेका छन् । उनीहरुले दक्षिण कोरियामा रहेका ताप्लेजुङ्गेलगायत नेपालीहरुलाई नचाउनेछन् ।
त्यस्तै गायिका प्रकृतिले आफ्ना चर्चित गीतलगायत ‘प्रकृति–२’का गीत गाएर मनोरञ्जन प्रदान गर्नेछिन् । उक्त कार्यक्रमबाट संकलितमध्ये केही रकम आपत्तकालिन कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

‘पर्वाञ्चल आइडल’ घोषित भएसँगै गायनमा ओपचारिकरुपमा होमिएकी प्रकृतिले यसअघि ‘प्रकृति’ नामक एल्बम सार्वजनिक गरेकी थिइन् । उक्त एल्बमबाटै आफूलाई गायकीय क्षेत्रमा स्थापित गराएकी प्रकृतिले त्यसपछि अन्य दर्जनौँ गीतमा स्वर दिइसकेकी छन् । आफ्ना गीतमा मोडलिङ समेत गर्दै आएकी प्रकृतिको पछिल्लो एल्बम ‘प्रकृति–२’मा जम्मा सात वटा गीत समावेश छन् । तीमध्ये कतिपय गीत चर्चामा आइसकेका छन् ।

एल्बममा मेरो गल्ती होइन, बाटोमा भेटेको, रम्थ्यिो होला, चल्दैन मलाई, परेलीमा बस, मेरो मुटु र को पो होला बोलका गीत रहेका छन् । उक्त एल्बमलाई कुसल इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु