रहरहरु खोसिएपछिको कर्तव्यबोध प्रमोद खरेलको ‘छाती चिरेर’

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७७, सोमबार

काठमाडौं । जिन्दगीमा मायप्रेम गर्नेहरु धेरै हुन्छन् तर साँचो र यथार्थपरक रुपमा माया प्रेम गर्नेहरुको वास्तविकता कस्तो हुनुपर्छ । प्रेमबाट विवाहमा परिणत भएको सम्बन्धमा कस्तोसम्म परिस्थिति आउँछ र कस्तो भूमिका निभाउनुपर्छ । समयले र नियतिले मानिसले भोग्नुपर्ने पीडाभित्र रहरहरुलाई बिर्सिएर कर्तव्यबोधलाई शीरमा राख्दै मायामा समर्पित हुनेहरुको एउटा पूर्ण कथा ‘छाती चिरेर’ श्रव्यसँगै साथमा दृश्य चित्रण गरेका छन् गायक प्रमोद खरेलले ।

गायक प्रमोद खरेलको पछिल्लो गीत हो ‘छाती चिरेर’ । यस गीतको स्वर र शब्द गायक खरेलकै रहेको छ भने संगीत हरि लम्सालको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको शब्द संगीतलाई सुहाउँदो कथा भिडियोमा बुनिएको छ । भिडियोलाई दिपक प्रसाद आचार्यले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले छायाँकन गरेका छन् । गायक प्रमोद खरेल र अभिनेत्री ऋचा शर्मालाई फिचर्ड गरिएको यस म्यूजिक भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु