• प्रमोदलाई ८ महिनाको अन्तरालमा २ पटक कोरोना संक्रमण, भन्छन्- ‘भ्याक्सीन पनि लाकै थिएँ’

    म्यूजिक खबर
    प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

    काठमाडौं । गायक प्रमोद खरेलले आफूलाई २ पटक कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले २ पटक नै कोरोनासँगको युद्धलाई जितेका छन् । ८ महिना अघि कोरोना महामारीको पहिलो लहरमा उनलाई पोजेटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमणलाई जितेका प्रमोदले भ्याक्सिनको डोज लगाएका थिए । तर पनि उनलाई फेरि कोरोना संक्रमण भयो । गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई दोस्रोपटक कोरोना पोजेटिभ देखिएको र अहिले मुक्त भएको साथै भ्याक्सिनको पहिलो डोज लगाएको जानकारी दिएका छन् ।

    प्रमोदले फेसबुकमा लेखेका छन् – आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ #कोरोना ले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो । यस बीचमा उपचार मा सहयोग गर्नु हुने Dr Saurav Shrestha तथा हौसला र सुझाव को निम्ति मित्र Manish , kiran Kc तथा sister Manju लाइ धेरै धन्यवाद आग्रह – पहिला लागेको र खोप लाए पनि सचेत रहौं, सुरक्षित रहौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु