जीवनमा पहिलोपटक भजन गाएँ तर उमेर ढल्केको नसोच्नु होलाः गायक खरेल

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७५, बुधबार

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले पहिलोपटक भजन संग्रह बजारमा ल्याएका छन् । जीवनकै पहिलोपटक भजन गाएको अनुभव सुनाउँदै उनले भजन भनेको संगीतको मुख्य साधना भएको बताएका छन् । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको बागबजारस्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै भजनसंग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार रत्नशमशेर थापाको विशिष्ट आतिथ्यतामा भजनसंग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, संगीतकार चेतन सापकोटा, राम सिटौला, गायक सनुप पौडेल, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, म्यूजिक खबरकी सम्पादक सविता पोखरेल, प्रस्तोता समाजका संचार संयोजक नरहरि प्रेमी एवं व्यवसायी एकिन्द्र विष्ट लगायतको उपस्थितिमा उक्त भजन संग्रह सार्वजनिक भएको थियो ।

 

नीरभीमको शब्द, दिपक भट्टराईको संगीत रहेको भजनसंग्रहमा प्रमोद खरेलको आवाज रहेको छ । पाँचवटा भजनहरु संग्रहित रहेको भजनसंग्रह ‘ज्ञान सुधा’ विमोचन समारोहमा गीतकार नीरभिमले क्यानडाबाट आफ्नो मन्तव्य भिडियोमा पठाएका थिए भने संगीतकार दिपक भट्टराईले जापानबाट आफ्नो मन्तव्य पठाएका थिए । उनीहरुको मन्तव्यसँगै गायक प्रमोद खरेलले भजनसंग्रह ६ महिना अघि तयार भएको भए पनि भ्वाइस अफ नेपालको कार्यक्रमले गर्दा सार्वजनिक गर्न ढिलाई भएको बताएका थिए ।

कार्यक्रममा गायक रामकृष्ण ढकालले आफूले पनि भजन गाएको बताउँदै भजन भनेको संगीतको साधनाको मुख्य केन्द्र रहेको बताएका थिए । प्रमोद खरेलले भजन गाउनु राम्रो भएको बताउँदै भजन भन्ने वित्तिकै स्वर नहुने, बुढो भएपछि गाउने या मन्दिरमा रमाइलो गर्न मात्र गाइने होइन, यसले संगीतको मर्मलाई शास्त्रअनुसार चलाउन सफल हुने गायक ढकालले बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघका अध्यक्ष शान्तिराम राई, गायक नरहरि प्रेमी, गायक सनुप पौडेल, वरिष्ठ गीतकार रत्नशमशेर थापा लगायतले शुभकामना मन्तव्य दिँदै भजन गाउनु भनेको जिन्दगीमा सधैं सत्वचन बोल्नु, अर्काको नराम्रो नगर्नु र राम्रो बाटोमा प्रेरित गराउन हो । यसले निराशा भन्दा पनि आत्मसन्तुष्टि प्राप्त गर्ने हुँदा भजन शास्त्रीय साधनाको रुप भएको बताएका थिए ।

ज्ञान सुधामा प्रभु तिम्रो, सत्चित्त गरिकन, हरिको द्वारसम्म पुग्न, सुसुप्ति ब्रम्हा सारा, पाथिभारा माता जस्ता भजन संग्रहित छन् ।

 

विमोचन कार्यक्रमको फोटोको लागि यहाँ क्लिक गर्नुहोस् ।

Gyan Sudha Album Releasing Program 2075

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु