ख्यातीप्राप्त कलाकारको साथमा ‘चौथो प्रियसी धमाका -२०२३’ दुबईमा हुने

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

काठमाडौं ५ असोज । ‘चौथो प्रियसी धमाका -२०२३’ बरदुबईको याक एण्ड यति एभरेष्टमा हुने भएको छ । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रबद्र्धनका लागि बिश्व बजारसम्म पुराउने अभियानका साथ आगामी असोज १४ गते अक्टोवर १ तारिकका दिन बिबिध कार्यक्रम सहित कार्यक्रम गरिनेछ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको दुवई स्थित आयोजक समितिका पुर्णिमा घिसिंगले जानकारी गराएकी छिन् । उनका अनुसार नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथो प्रियसी धमाका २०२३’ हुन लागेको हो ।

कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्य कलाकार तथा मोडेल सागर लम्साल ‘बले’, बालकलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतका कलाकारको उपस्थिति रहने भएको छ भने प्रवासी नेपाली कलाकारहरु बाबुराम परियार, लोक दोहोरी गायक कमल परियार, लोक दोहोरी गायक प्रकाश पुरी, गायक नीर तामाङ आदिको प्रस्तुति रहने बताईको छ ।

आयोजक समितिमा गीतकार राजेन्द्र पुरी, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, मोडल अमन श्रेष्ठ, बिकेश श्रेष्ठ रहेका छन् ।

यसअघिका संस्करणहरु थाइल्याण्ड, सिंगापुर र मलेशियामा आयोजना भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु