बुबालाई समर्पित गर्दै आइन आम्बिका गुरुङ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । बुबालाई समर्पित गर्दै ‘मेरै बा’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको गीतमा स्वर तथा संगीत रहेको छ । ‘मेरै बा’ बोलको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ । उक्त गीतको भिडियोलाई निशान कश्यपले निर्देशन गरेका हुन ।

उक्त गतको भिडियोमा सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ । ‘मेरै बा’ बोलको गीतको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन भने गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन । हरेक बाबा प्रति समर्पित यो गीतलाइ गीत को भावना अनुसार भिडियोमा उतार्न प्रयास गरेको निर्देशक निशान कश्यपले बताउछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु