डि.पी, शंकर, रचना र निशानको “पारै मिलेन”

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७७, बिहीबार

काठमाडौं । ब्यस्त गायिका रचना रिमाल र गायक निशान भट्टराईको आवाज रहेको नयाँ गीत “पारै मिलेन” सार्वजनिक भएको छ। बुधबार रिलिज भएको “पारै मिलेन” बोलको नृत्यपरक गीतमा डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत,साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। गीतको अडियो पक्ष निकै उत्कृष्ट बनेको छ।


म्युजिक भिडियोमा लोकप्रिय नायक: “पल शाह, एलिश राई र दीपा-दमान्ता श्रेष्ठको धमाकेदार नृत्य/अभिनय देख्न सकिन्छ। बिधान कार्कीको निर्देशन बनेको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने भिडियोलाई उत्सव दाहालले छांयाँकन र विकाश दाहालको सम्पादन गरेका छन्।
“दामी टिभी टिम”ले प्रस्तुत तथा निर्माण गरेको “पारै मिलेन” दामी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु