• Shanidhya Trophy
  • गायिका राधिका हमालको आवाजमा”घरबेटी ” भिडियो सहित ।

    म्यूजिक खवर
    प्रकाशित: १० श्रावण २०७७, शनिबार

    काठमान्डाँै ।
    नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायिका राधिका हमाल, बद्रि पंगेनी , गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ”घरबेटी ” गीतको भिडियो डिजिटल बजारमा आएको छ ।

    विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । लकडाउनको अवस्थामा भाडा तिर्न नसक्दा भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय सिर्जना गीतमा छ । ”घरबेटी ”गीतमा कृष्ण पुनको एरेन्ज छ ।

    दुर्गा पौडेलको छायाँकन, नविन धर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”घरबेटी ” गीतको भिडियोमा बविता बाँनिया ,जेरी , किशोर भण्डारी , सन्तोष खनाल , दिपासा विसी र सुयासा खनालको अभिनय रहेको छ ।

    ”घरबेटी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु