• राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १९ मंसिर २०७५, बुधबार ०७:४७

    राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको “लुकेर हेर्याै मायाले बेर्याै” गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

    मायाका नवीन यात्राहरूलाई “लुकेर हेर्याै मायाले बेर्याै” मा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

    “लुकेर हेर्याै मायाले बेर्याै ” हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु