किन भन्दैछन् राजनराज र बसन्ता ‘यस्तै हुँदो रैछ’ ?

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । गायिका बसन्ता प्रकृतिको नयाँ गीत ‘यस्तै हुँदो रैछ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटी र बसन्ताको स्वर रहेको सार्वजनिक गीतमा संगीत पनि गायक शिवाकोटीकै रहेको छ । जसमा शब्द लोकप्रिय गीतकार डाक्टर राजबाबु श्रेष्ठको रहेको छ ।

प्रेम, रोमान्स र वैँशालु उमेरको कुरा गरिएको भिडियोलाई रोमाञ्चक शैलीले हरेक प्रेम जोडीले आफ्नै महशुस गर्नेगरी निर्देशन गर्न सफल देखिएका छन् निर्देशक प्रदिप श्रेष्ठ । अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीको लोभलाग्दो अभिनय रहेको गीतमा कोरियोग्राफी पनि निर्देशक स्वयमले गरेका छन् ।

भिडियो हेर्नुहोस् –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु