चलचित्र प्रेमगीत ३ मा महानायक राजेश हमाल प्रदिपको पिताको भूमिका खेल्दैँ

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौँ । चलचित्र प्रेम गीत बाट चर्चा पाएका थिए । प्रदिप खड्कालाई दर्शकले चिन्न थालेका नै चलचित्र प्रेम गीत बाट हो । उनले यो चलचित्रबाट नसोचेको सफलता हात पारेका थिए । चलचित्र प्रेम गीत पछि प्रदिपले पछाडी फर्केर हेर्नुपरेको छैन ।

चलचित्र प्रेम गीत सफल भएपछि प्रेमगीत २ पनि बनाइएको थियो । प्रेमगीत मा अभिनेत्री पूजा शर्मासँग प्रदिपले रोमान्स गरेका थिए भने प्रेमगीत २ मा उनको अपोजिटमा नायिका अश्लेशा ठकुरी थिइन् । प्रेमगीत २ ले पनि बक्सअफिसमा राम्रै पैसा छापेको थियो ।

अहिले निर्माता सन्तोष सेन प्रेमगीत ३ पनि बनाउने तयारीमा छन् । चलचित्र प्रेमगीत ३ मा महानायक राजेश हमाल पनि हुने चर्चा चल्न थालेको छ । उनी चलचित्रमा प्रदिपको पिताको भूमिकामा देखिन लागेको कुरा सार्वजनिक भएको छ । तर सन्तोषले भने अहिले फाइनल नभैसकेको बताएका छन् । तर प्राप्त जानकारी अनुसार राजेश र सन्तोषबीच कागजी सम्झौता पनि भैसकेको छ र चलचित्र प्रेमगीत ३ को छायांकन दशैँको आसपासमा गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु