• वल्र्ड टुरमा रहेका राई इज किङलाई लण्डनमा गरियो भव्य स्वागत

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०८१, मंगलवार

    काठमाडौं । वल्र्ड टुरको क्रममा रहेका नेपाली सांगीतिक क्षेत्रमका मेगास्टार ‘राई इज किङ’लाई लण्डनमा भव्य स्वागत गरिएको छ ।

    वल्र्ड टुरको क्रममा यूएईमा सफल सांगीतिक कार्यक्रम सकेर उनी लण्डनको यात्रामा रहेका छन् । लण्डनको विमानस्थलमा उनलाई किरात याक्थुम चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष खगेन्द्र लावती, केन्द्रीय महासचिव जुरेन्द्र खजुम, विदेशी विभाग प्रमुखकी कमला लिम्बुलगायतले गायक राई इज किङलाई स्वागत गरेका थिए ।

    किराँत याक्थुम चुम्लुङको आयोजनामा जुलाई १३ तारिख लण्डमा हुने ‘राजेपायल राई लाइभ कन्सर्ट’मा प्रस्तुति दिन लण्डक पुगेका गायक राईलाई चुम्लुङले भव्य स्वागत गरेको हो ।
    ‘राजेपायल राई लाइभ कन्सर्ट’मा गायक राईले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’ सागर सरी चोखो माया, फैलियो माया दुबो सरी गीतहरु प्रस्तुत गर्नेछन् ।

    लिम्बुहरुको विशेष चाड सिसेक्पा तङ्नामको अवसरमा रहेकाले प्रस्तुती पनि त्यसै लक्षित रहने गायक राईले बताए । राजेशपायल राईको विशेष प्रस्तुति रहने त्यस लाइभ कन्सर्ट ऐतिहासिक रहने अध्यक्ष नरविर आङ्बोले जानकारी दिए । कार्यक्रममा २० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकको दाबी छ ।
    यो कार्यक्रम सकिनेबित्तिकै गायक राईको वल्र्ड टुरको यात्रा क्यानडामा हुनेछ । क्यानडामा २० जुलाईमा विशेष प्रस्तुति रहनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु