• राजेश पायल राईको स्वरमा “ठमेलको बजारमा” सार्वजनिक (भिडियोसहिस)

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

    काठमाडौं । राई इज किङ अर्थात् चर्चित गायक राजेश पायल राई अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गीत बजारमा आएको छ । बैगुनि माया, तिमिलाई पाए, आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् । उक्त गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने शब्द मिरादेबी राई र संगीत नबिन कार्कीको रहेको छ ।

    उक्त गीतको भिडियोलाई जिविस राईले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा दिक्पाल कार्की र हिरादेबी राईको अभिनय रहेको छ । भिदीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने अनिल कुमार महर्जन सम्पादन तथा कलर करेक्सन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु