‘सोची हेर त’ गीतको भिडियोमा राजीव र मिलनको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७७, बुधबार

काठमाडौं । राज सिग्देलको स्वरमा रहेको गीत ‘सोची हेर त’मा म्यूजिक भिडियोका मोडल राजीव बलामी र मिलन न्यौपानेको रोमान्स देख्न सकिन्छ । मायाप्रेमकै पेरिफेरिमा रहेको यो गीतलाई ग जुले लेखेका हुन् भने मनोज चौलागाईको संगीत तथा संगीत संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई ग जुले नै निर्देशन गरेका छन् । प्रतिक बी.श्रेष्ठको छायाँकन रहेको म्यूजिक भिडियोलाई मोडल राजीव बलामीले नै सम्पादन गरेका छन् । सधैंभरि अरुलाई म्यूजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गर्ने राजीव यतिखेर भने आफ्नै चेलाको निर्देशनमा भिडियोमा खेल्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु