किन बने गायक रमेशराज भट्टराई ‘पागल’ ?

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७७, सोमबार

काठमाडौं । बहुला गायक भनेर लोकप्रिय बनेका गायक रमेशराज भट्टराई यतिबेला भने ‘पागल’ बनेका छन् । मायाप्रेममा धोका खाएपछि पागल बन्नेहरुको प्रतिनिधित्व गर्दै यो गीतलाई सार्वजनिक गरिएको हो । गायक रमेशराज भट्टराईको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत हो ‘पागल’ । मायामा धोका खाएर पागल बने पनि आफ्नी प्रेमीलाई भने पागल भएको छ भन्ने खबर नभन्दिनु भन्दै आफ्नो साथीसँग गरेको कुराकानीलाई गीतमार्फत व्यक्त गरेका छन् । गीतको भिडियोमा गायक भट्टराईको वास्तविक जोडीले अभिनय गरेका छन् । अर्थात् गायक रमेशराज भट्टराई र उनकी जीवनसंगीनी अन्जिता भट्टराईको अभिनय रहेको छ । उनीहरुसँगै सूर्य रेग्मी, कृष्ण रेग्मी र मीना रेग्मीको पनि अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भएको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

गायक भट्टराईको स्वरमा रहेका गीतहरु बहुला, बबाल भो, मेरी नथियावाली, फिदा लगायतका दर्जनौं गीतहरु चर्चाको शिखरमा छन् । त्यस्तै उनको संगीतमा निर्माण भएका गीतहरु उसले जति माया, मलाई माफ गर लगायत आधुनिक र लोकदोहोरी गीतहरु पनि बजारमा उत्तिकै चर्चाको शिखरमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु