रमेशराजको आधा दर्जन गीतसँगै झुमे सिद्धीबासी !

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

चितवन । पछिल्ला समयका चर्चित एवं लोकप्रिय गायक रमेशराज भट्टराईको गीत ‘राखी’ सार्वजनिक भएसँगै उनको व्यस्तता थप उचाईमा पुगेको छ । यतिबेला महोत्सवका लागि व्यस्त बनिरहेका भट्टराईले चितवनको पहाडी क्षेत्रका चेपाङ समुदायलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।

सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम भन्ने परियोजना अन्र्तगत तेश्रो पुरस्कार वितरण समारोहमा भट्टराई भट्टराईले उपस्थिती कालिका नगरपालिका १० र ११ का चेपाङ तथा अन्य समुदायलाई झुमाएका हुन् ।

सिद्धी ३ दोभान स्थित मझवाङ मावि परिसरमा सम्पन्न भएको कार्यक्रममा युवाहरुका माझ पछिल्लो समय निकै रुचाईएका गायक भट्टराईले आधा दर्जन गीत प्रस्तुत गरेका थिए । निकै चर्चा कमाएको ववाल भो भन्ने गीतबाट उनले सांगेतिक प्रस्तुती सुरु गरेका थिए ।

त्यसपछि मेरी नथियावाली,फिदा भाको छु,टेन्सन भयो यार,वेहुला वनाउँछु भन्थी वहुला वनाएर गई वोलका गीत प्रस्तुत गरिरहँदा चेपाङ समुदायका युवायुवतीहरुले नाचेर उनलाई साथ दिए । उनका हरेक गीतमा सिद्धीवासीहरुले राम्रो साथ दिएका थिए ।

सोही कार्यक्रममा अर्का गायक नेत्रजी पन्तको प्रस्तुतिलाई पनि सिद्धीबासीले रुचाएका थिए । सुरुमा सेन्टीमेन्टल गीत प्रस्तुत गरे उनले पनि आधा दर्जन गीत पीडादायी,मर्मस्पर्शी गीत गाए । चेपाङहरुले भोग्नु परेको समस्या,खान नपाएको समस्या गायक पन्तले मन छुने गरि गीत मार्फत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

 

युट्युव च्यानलप्रति जनमानसको मान्यतालाई यसरी तोड्यो रमेशराजको ‘राखी’ ले, हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु