गायक रञ्जित परियारले गायिका मिरा गिरीलाई लैनो भैंसि भनेपछि बबाल… (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७५, सोमबार

काठमाडौं । गायक रञ्जित परियारले गायिका मिरा गिरीलाई लैनो भैंसि भनेपछि कस्तो भयो होला ? पछिल्लो समयका उदाउँदा दुई तारा गायक रञ्जित परियार र गायिका मिरा गिरीको स्वरमा रहेको लैनो भैंसी बोलको रोइला गीत बजारमा आएको छ । दोहोरी शैलीमा गाइएको रोइला गीतले पक्कै पनि चर्चा बटुल्न सफल हुने विश्वास लिइएको छ । शिव हमालको शब्दमा तयार भएको यो गीतको संगीत भने गायक परियार स्वयम्ले नै गरेका छन् । उखान टुक्कासहित गाउँले परिवेशका शब्दलाई युवाअवस्थाको जीवनशैलीलाई गीतमा उतारिएको छ ।

गीतको म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले निर्देशन एवं छायाँकन गरेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् । ‘लैनो भैंसी’लाई गायक रञ्जित परियारको यूट्यूब च्यानलबाट आज नै सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु