संगीतकार श्रेष्ठ र गायिका हमालसहित ४ जना पुरस्कृत । मजगैँया अध्यक्षमा निर्वाचित

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७१, आईतवार

काठमाडौं, १४ असार । लामो समयदेखि लोक दोहोरी तथा आधुनिक गीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार सन्तोष श्रेष्ठ र लोकदोहोरी गायिका राधिका हमाललाई नारायण पाण्डेय दोहोरी प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको छ । प्रत्येक वर्ष रापती समाज काठमाडौंले प्रदान गर्दै आएको पुरस्कारबाट संगीतकार श्रेष्ठ र गायिका हमाल सम्मानित भएका हुन् । त्यस्तै समाजले रापती सांस्कृतिक प्रतिभा पुरस्कारबाट गीतकार भावेश भुमरी, भीमनन्द स्मृति पुरस्कारबाट गीतकार रमेश सुवेदीलाई पुरस्कृत गरेको छ । त्यसैगरी रापती सांस्कृतिक सम्मानबाट गीतकार रमेश क्षितिजलाई समाजले सम्मान गरेको छ । समाजको आठौं वार्षिक साधारणसभाको अवसरमा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो ।
त्यस्तै वार्षिक साधारणसभाबाट समाजले शशि शर्मा मजगैँयाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि महासचिव रहेका मजगैँया आठौं साधारणसभाबाट रापती समाज काठमाडौंको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रविन कुमार रेग्मी, उपाध्यक्षमा महेश डाँगी, महासचिवमा टीका भण्डारी, सचिवमा वर्षात् भण्डारी, कोषाध्यक्षमा गीता रेउले, सहकोषाध्यक्षमा सीमा पुरी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जीवराज बुढाथोधी, एकराज सुवेदी, रविप्रकाश मल्ल, गोविन्द मधुर आचार्य, शरद अधिकारी (सागर), राधा पाण्डे, पी.एन. सापकोटा, विकास घले, तिलक परियार, रामु खड्का निर्वाचित भएका छन् ।

rapati samaj

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु