नेपाल आइडल सिजन– २ का विजेता रविको नयाँ गीत ‘पिलाएर नशा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘पिलाएर नशा’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् भने उक्त गीतमा संगीत पनि उनकै रहेको छ । गायक अर्जुन पौडेलको केही समय अघी मात्र ुुबबालुु बोलको गीत रिलिज भएको थियो उक्त गीतले छोटो समयमै निकै नै चर्चा कमाइरहेको छ । उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय रहेको छ । र सोही गीतको भिडियोमा बुद्द थापाको छायांकन रहेको छ भने समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी रहेको छ त्यस्तै उक्त गीतको भिडियोलाई ,बिकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु