रेकर्ड भएको ४० बर्ष पछि आयो रिमा गुरुङ्ग होडाको ‘आँखाका जोर’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७५, शुक्रबार
रिमा गुरुङ्ग होडाको आवाजमा ‘आँखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सान्तना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ ।
राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण ‘आँखाका जोर’ गीत पनि सार्वजनिक हुन पाएको थिएन ।
कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासंग ”आँखाका जोर” गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन ।
हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु