• नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगितामा सबिना नकर्मी उत्कृष्ट

    म्यूजिक खबर
    प्रकाशित: ३० माघ २०८१, बुधबार

    काभ्रे । रिना फाउन्डेसनको आयोजना एवं पाँचखाल नगरपालिकाको सहकार्यमा भएको ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता–२०८१’ मा आजाद माध्यमिक विद्यालय बालुवाकी सबिना नकर्मी विजेता बन्न सफल भइन् । त्यसैगरी श्री राम माध्यमिक विद्यालय कोशीदेखाकी आयुषा तामाङले द्वितीय उपाधि जित्न सफल भइन् । त्यस्तै भक्रमदेवी माध्यमिक विद्यालय पाँचखालकी सृष्टि तामाङले तृतीय उपाधि चुम्न सफल भइन् ।
    ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता–२०८१’ मा जोरपाटी माध्यमिक विद्यालय तीनपिप्लेकी सजिना परियार र गणेश माध्यमिक विद्यालय पाँचखालकी सलिना परियारले सान्त्वना पुरस्कार जित्न सफल भए ।

    रिना फाउन्डेसनकी अध्यक्ष गोपा थापा मगर (रिना)को सभापतित्वमा भएको ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता–२०८१’ कार्यक्रमको पाँचखाल नगरपालिकाका नगरप्रुमख महेश खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम पाँचखाल नगरपालिका वडा नं. १३ कोशीदेखाको श्री राम उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो ।

    ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता–२०८१’को निर्णायकमा चर्चित मोडल उषा सुवेदी, नृत्य निर्देशक प्रविन थापा लगायतका रहेका थिए । कार्यक्रम गायक तथा संगीतकार पीएन सापकोटाले संचालन गरेको थिए । कार्यक्रममा चर्चित गायक सरोज लामिछाने, गायिका सुशीला गौतम, मोडल रविना भण्डारी, गायक जोगलाल लामा लगायतका एक दर्जनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । रिना फाउन्डेसनले गत वर्ष पनि ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता’ आयोजना गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु