भारतमा कलाकार कोइराला र संगीतकार पौडेललाई फेसबुक फ्रेण्डशीप अवार्ड

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७६, बुधबार

काठमाडौं । भारतको राजस्थान निमोडाको चित्थोरगढमा असोज २६ गते भएको एक कार्यक्रमका बीच नेपाली संगीतकार रेखा पौडेललाई अवार्ड सहित सम्मान गरिएको छ । गायिका तथा संगीतकार रेखा पौडेललाई बेष्ट म्यूजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको हो । पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गरेका थिए ।

‘इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड’ अन्तर्गत पौडेलाई म्यूजिक डाइरेक्टर बिधामा अवार्ड प्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्डियाले अवार्ड प्रदान गरेको हो । अन्तर्राष्ट्रिय रुपमा अवार्ड पाए पछि पौडेलले खुसी लागेको बताईन् । नेपाली सांगीतिक क्षेत्रकी सफल गायिका तथा संगीतकारका रुपमा चिनिने पौडेल नेपाल चलचित्र क्षेत्रकी महिला संगीतकार हुन् । उनले एक सय भन्दा बढी गीतहरुमा संगीत दिएकी छन् ।

त्यस्तै मोडल तथा नायिका नितु कोइरालालाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेन्डशीप अवार्ड प्रदान गरिएको छ । मोडल तथा नायिका कोइरालालाई ‘इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड’ प्रदान गरिएको हो । एकदशकदेखि नेपाली कला क्षेत्रमा क्रियाशील कोइरालालाई पोलोटिक टाइम्स इन्डियाले अवार्ड प्रदान गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु