• तीजको संघारमा रेखाको स्वर र संगीतमा ‘तीज आयो म माइत जान्छु’ सार्वजनिक, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

    भाद्र १२, काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज संघारमै आइसकेको छ । यसै मेसोमा आफुलाई एउटा राम्रो संगीतकारको रूपमा चिनाउन सफल भएकी चेली अर्थात् पहिलो महिला संगीतकार (चलचित्रतर्फ) रेखा पौडेलको स्वर र संगीतले सजिएको तीज गीत सार्वजनिक भएको छ ।

    ‘तीज आयो म माइत जान्छु’ बोलको गीतमा शब्दहरु श्री नेहा पोखरेलको रहेको छ । श्री नेहा पोखरेल, इस्तु कार्की, अमृता खनाल, रमिता पोखरेलले कम्मर मर्काएका छन् । कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियोलाई केशव प्रसाद रिजालले निर्देशन गरेका हुन् । आर आर सिंखडाको कोरियोग्राफ गरेको भिडियोको छायांकन तथा सम्पादन बिरेन्द्र भाटले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु