• अरुणा लामाको स्वर रहेको गीत ‘हाँसी हाँसी जलिरहें’ को रिमेक भर्सन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार
    kabita-shrestha aruna-lama‘हाँसी हाँसी जलिरहें’ को रिमेक भर्सन

    काठमाडौं । स्वरसम्राज्ञी अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहें’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ ।

    यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ ।

    यमु शर्मा सुब्बाले यो गीतको भिडियोको निर्माण गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ ।
    साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

    आयुष क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अभिनाश डीसी र किरण गिरीको सम्पादन छ ।
    यमु शर्मा क्रियशन युट्युव च्यानलमा सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु