• आफ्नै शब्द संगीतमा रोशन सिंहले गाए अस्मितासँग ‘संजोग’

    म्यूजिक खबर
    प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

    काठमाडौं । प्रेमील भावको नयाँ गीत ‘संजोग’ सार्वजनिक भएको छ । ‘रोशन सिंह’ नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा रोशन सिंह ‘क्षितिज’ र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको शब्द रचना र संगीत समेत रोशन सिंह स्ययंले गरेका हुन् । त्यस्तै बेगेन्द्र बुढाले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    अर्जुन बिसीको निर्देशन गरेको गीतको भिडियोमा मौसम खड्का र जेशिका पोखरेलले अभिनय गरेका छन् । अर्जुनले नै छायांकन गरेको गीतको भिडियोलाई राजकुमारले सम्पादन सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु