बलिउडकी सभ्यता गिरी र अमन श्रेष्ठको अभिनयमा ‘गाजल’ हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७५, शनिबार

बविना बस्नेत , काठमान्डौँ
बलिउडमा निकै रुचाइएकी सभ्यता गिरी र अमन श्रेष्ठको अभिनयमा रहेको गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको संगीतमा रहेको ‘गाजलु’ गीतको म्युजिक भिडियोमा माया प्रेम र रोमान्सलाई देखाइएको छ । थुप्रै भारतिय स्टेज कार्यक्रम र थ्रेयटरमा निकै रुचाएकी सभ्यताले नेपालमा रहदाको बखतमा अभिनय गरिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मन पराएका छन ।
बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा प्रेमको भावलाई कुशलताका साथ प्रंस्तुत गरिएको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु