काठमाडौं । सामाजिक सञ्जालमा गीत गाएर भाइरल बनेका बाल गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । बाल गायक सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान १० बजे निधन भएको हो अस्पता र परिवारले जानकारी दिएका हुन् ।
परिवारका अनुसार स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन् ।
सचिनका बाबु तेजेन्द्र परियारले युट्युब अन्तरवार्तामा छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । अन्ततः उनले सानो उमेरमा चर्चा बटुलेर भौतिक शरीर बिदा लिएका छन् । म्यूजिक खबर परिवार बालगायक सचिन परियारप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।