यसरी उम्लियो सहिमा र अलिसाको जवानी

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र नायिका अलिसा शर्माको जवानी उम्लिएपछि बजारमा फरक हल्ला चलेको छ । उनीहरु जवानी बैंशको तातो कराईमा उम्लिएपछि चुलबुले बैंशले ठाउँ छोडेको छ । गायिका सहिमा श्रेष्ठ यतिबेला उम्लिएको जवानी लिएर आफ्नै यूट्यूब च्यानलबाट बजारमा आएकी छिन् । किरण केसी क्रोधीको शब्दमा आलोक श्रीको संगीत रहेको उम्लियो उम्लियो गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् ।

उम्लियो उम्लियो गीतको भिडियोलाई नेपाली ठिटोजले निर्माण गरेको हो । सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशन रहेको यस म्यूजिक भिडियोमा अलिसा शर्माको जवानीलाई प्रस्तुत गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । यस गीतलाई वीणा म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु