• मौलिक सालैजो गीत ‘बनमा पात बजाउँदै’

    म्यूजिक खवर
    प्रकाशित: २३ पुष २०७७, बिहीबार

    काठमाण्डौ । नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विद्याका गीत मध्य साजैलो पनि पर्दछ । विशेष त धौलागिरीलाई उत्पति थलोको रुपमा लिइने साजैलो लोपनै हुने अबस्थामा रहेको छ ।

    लोप हुन लागेको साजैलो गीत ‘बनमा पात बजाउँदै’ भर्खर मात्र सार्वजनिक भएको छ । बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा नरेश बोहोराले शब्द कोरेका छन भने बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन ।


    आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ ।

    गीतलाई बाबु कृष्ण परियारको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको हो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु