संगिता भण्डारी र भरत लामिछानेको “मरक कम्मर” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज आउदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा संगिता भण्डारी र भरत लामिछानेको “मरक कम्मर” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा सन्जय पाल्पालीको शब्द तथा संगीत रहेको उक्त गीतमा पवन परियारको एरेंज रहेको छ । गीतमा मायालुसँग तीजको मौकामा भेट भएको कुरा गरिएको र तीजमा कम्मर मर्काएर नाँच्ने कुरा गरिएको छ ।

उक्त गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन भने उक्त भिडियोमा बर्षा तामाङ र आकाश बुढा मगरको अभिनय रहेको छ । भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । सार्वजनिक भिडियोलाई नरेश चैसिरले छायाँकन गरेका हुन् । भने भिडियोलाई बिर बहादुर थापाले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई नेपाली लोक दोहारीको युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु