प्रेममा जात नमिल्दा गायिका सञ्जु ‘दोमन’मा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार

vidioकाठमाण्डौ । सुमधुर स्वरकी धनि गायिका सञ्जु न्यौपाने यतिबेला दोमनमा छिन् । आफूले सबैभन्दा माया गरेको प्रेमी अन्तरजातीय भएका कारण उनी मर्ने कि बाँच्नेको अवस्थामा दोमनमा छिन् ।अन्तरजातीयसँग प्रेम गरेको भन्दै घरनिकाला गरिदिएपछि उनि झन् मर्नु र बाँच्नुको दोमनमा छिन् । तर उनलाई मर्न भने दिएका छैनन् उनका प्रेमी बिमलले । घरनिकाला भएपछि आत्महत्याको बाटो रोजिसकेकि सञ्जुलाई  बिमलले बचाएका छन् ।

सञ्जु र बिमलको वास्तविक जीवनमा भने यस्तो अवस्था आएको होइन । भर्खरै सार्वजनिक भएको म्यूजिक भिडियो ‘दोमन’को कथालाई यहाँ उल्लेख गरिएको हो । उनीहरुको वास्तविक जीवनमा जे भए पनि म्यूजिक भिडियोले भने समाजको वास्तविकता झल्काएको छ । मन, मुटुछुने भावको गितमा –’मनमा पिर छ मलाइर्, छर को ? तिमी अर्कै म अर्कै घरको’ भन्दै सञ्जुले सुमधुर स्वर मार्फत गीत गाएकी छिन् ।  लोकप्रिय सर्जक खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा अजय रेग्मीले छायांकन गरेका छन् भने म्यूजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

संस्कृति म्यूजिक प्रा.लि.को प्रस्तुति रहेको उक्त म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । अति नै मर्मस्पर्शी र सामाजिक यथार्थको भाव बोकेको उक्त म्यूजिक भिडियोमा गायिका सञ्जु न्यौपानेको नै अभिनय रहेको छ । अभिनयमा उनलाई साथ दिएका छन् गायक बिमलले ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु