अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीत सार्वजनिक भएको छ । लोक दोहोरी गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सबैरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गमयिका पूर्णकला बिसीले साथ दिएकी छिन । गीतमा थानेश्वर गौतमको संगीत र आशिश अबिरलको एरेन्जर रहेको छ ।
प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, नायक तथा निर्देशक शंकर बिसीको निर्देशर्न कोरियोग्राफ रहेको छ। भिडियोमा शंकर विसी,करिशमा ढकाल र लोकप्रिय र अग्रज हाँस्य कलाकार किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय हेर्न सकिन्छ । खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ ।