स्रोता दर्शकको मन जित्दै ‘दुलहा दुलही’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७६, बिहीबार

गायक रामप्रसाद खनालको नयाँ गीत पन्चेबाजाको विशेष लोक दोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको केहि दिनमा नै सर्वत्र रुचाईएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रिय अध्यक्षसमेत रहेका खनालको उक्त पञ्चेवाजाको लोक दोहोरी गीत पृथक र स्तरीय रहेको कारण सवैले रुचाएका हुन । खनाल स्वयम्को शव्द र रहेको गीतलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको सङ्गीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन । विदेशमा रहेर आफ्नो पेशागत कर्म जारी राखी नेपाली कला संस्कृति एवम् लोकदोहोरी, कला सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय खनालका हालसम्म ४८ वटा गीति एल्बम प्रकाशन गरिसकेका छन । गीतमा शकर बिसी तथा सर्जक खनालकै संयुक्त निर्देशनमा तयार भएको भिडियोमा करिश्मा ढकालको फिचरिङ गरिएको छ ।भने किरण केसी र शिवहरि पौडेलको समेत अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु