• ‘वाइल्ड रिपर्स क्रू’लाई फिचर गर्दै आए गायक सन्तोष कालिकोटे !

    म्यूजिक खबर
    प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार

    श्रावण ३१, काठमाडौं । भारतमा समेत ख्याति प्राप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

    गायक सन्तोष कालीकोटेको स्वरको नया“ गीत ‘जालैमा जालैमा…’ को उक्त म्युजिक भिडियो बुधवार सा“झ सार्वजनिक भएको हो । उक्त गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोपाल रसाइलीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

    द वाइल्ड रिपर्स क्रू केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइलिष्ट रहिसकेको समुह हो । समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रमहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ ।

    ‘जालैमा..’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।

    अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई हाइटलाइट्स नेपालको च्यानलमार्फत अपलोड गरिएको हो ।

    यस्तो छ जालैमा…को म्युजिक भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु