सरोज र मेलिनाको स्वरमा आयो ‘ऐलान गर्दिएँ लौ’

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७७, सोमबार

काठमाडौं । गायिका मेलिना राई तथा सञ्चारकर्मी गायक सरोज कोइरालाको यूगल गीत ‘ऐलान गर्दिएँ लौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्दहरु डा.कृष्णहरि बरालले रचना गरेका हुन् भने दीपक शर्मा उक्त गीतका संगीतकार हुन् ।

लाइमलाइट नेपालले प्रोडक्सन गरेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको हो ।
गीतको म्यूजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा बिनिता ताजपुरियाले अभिनय गरेका छन् । भिडियोमा समिर थोकरको कोरियाग्राफी छ । टेकेन्द्र शाह भिडियोका सम्पादक हुन् । म्युजिक भिडियोको निर्देशन भने हेम प्रभाषले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु