
मुम्बई । बलिउड अभिनेता सतीश शाहको शनिबार हिन्दुजा अस्पतालमा निधन भएको छ । उनी ७४ वर्षका थिए । उनको दाहसंस्कार आइतबार बिहान ११ बजे गरिने भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । हालसालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
शाहले टिभी कार्यक्रम ‘साराभाई भर्सेस साराभाई’बाट प्रसिद्धि हासिल गरे । उनले ‘मैं हूँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६), र ‘ओम शान्ति ओम’ (२००७) लगायत धेरै लोकप्रिय फिल्ममा पनि देखिएका थिए । त्यस्तै सन् २००८ मा, उनले अर्चना पुरण सिंहसँग टिभी कार्यक्रम ‘कमेडी सर्कस’मा न्यायाधीशको रूपमा काम गरेका थिए ।
उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ । अन्तिम संस्कार आज आइतबार बिहान ११ बजे गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।