मन्जिला अनिलको अध्यक्षतामा सखी प्रतिष्ठानको स्थापना

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार
sakhi Pratisthan

काठमाडौं । विभिन्न क्षेत्र, पेशा र व्यवसायका महिलाहरुको भेलाले ‘सखी प्रतिष्ठान’ स्थापना गरेका छन् । २०७७ फागुन १९ गते बागेश्वरी डान्स सेन्टर, बौद्ध, काठमाडौंमा भएको भेलाले साहित्यकार मन्जिला अनिलको अध्यक्षतामा सखी प्रतिष्ठानको स्थापना गरेको हो ।

यस प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा साहित्यकार मन्जिला अनिल, उपाध्यक्षमा शिक्षासेवी एल्सा झा, महासचिवमा संगीतकर्मी एवं साहित्यकार कमला रिसाल, सचिवमा कवि रुपा पौडेल र कोषाध्यक्षमा नृत्यकार मेनका लामा रहेका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः साहित्यकार शान्ति रिसाल र नीशा रिमाल रहेका छन् ।
नेपाली साहित्य र सस्कृतिको उन्न्यन र विकासमा योगदान पुर्याउदै महिला सशक्तिकरणमा काम गर्ने उदेश्यले यस सस्थाको स्थापना गरेको महासचिव कमला रिसालले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु