
काठमाडौँ । थुपै्र कालजयी गीतहरु गाएर लोकप्रिय बनेका गायक शम्भु राई र गायिका अन्जु गौतमको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एनी हौ आँखैमा झलझली’ बोलको उक्त गीतमा शब्द संगीत पनि गायक शम्भु राईकै रहेको छ।
गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देकी आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ । अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् ।
गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको हो । सार्वजनिक गीतलाई युटुयुवमा अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन्।