• औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड हुने, व्यापारीलाई पनि अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०७५, बिहीबार

    काठमाडौं । पछिल्लो समय म्यूजिक अवार्डहरु धेरै भए भन्ने आरोप लागिरहेको बेलामा फेरि अर्को अवार्ड थपिएको छ, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड । बिगत पाँच बर्ष देखि नेपालको विभिन्न जिल्लाहरुमा औद्योगिक ब्यापार मेला महोत्सब तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले यो अवार्ड गर्न लागेको हो । यो अवार्ड औद्योगिक मेला लागिरहेको ठाउँमा नै हुने आयोजक पक्षले जनाएको छ ।

     

    यो अवार्डका लागि दर्ता फारम पनि खुल्ला गरिएको छ । जसका लागि २०७५ बैशाख देखि २०७५ फाल्गुन अन्तिम सम्मका गीत सङ्गीत समाबेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनु पर्ने आयोजकले जनाएको छ ।

    सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट रचनाकार, लोक तथा दोहोरी गायक पुरुष÷महिला, राष्ट्रिय गीत, पप÷आधुनिक, प्ले ब्याक सिङ्गर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, नवप्रतिभा लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अवार्डमा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका निर्देशक सूर्य चन्दले बताए ।

    औद्योगिक शान्ति नेपाल सस्थामा आबद्ध रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने चन्दले जानकारी दिए ।

    देश तथा विदेशमा प्रत्येक महिना जसो हुने नेपाली गीत सङ्गीतहरुका अवार्डको भिडमा यो अवार्ड कस्तो होला ? भन्ने कुरा अवार्डको ग्राण्ड फिनालेमा नै थाहा होला तर यतिखेर भने अन्य अवार्डहरु भन्दा फरक पहिचान बोकेर यो आवर्डको सुरुवात भएको आयोजक पक्षको दाबी छ । अवार्ड भनेको सम्मान हो, गीतसंगीतको महोत्सव हो त्यसैले हामीले गरिरहने महोत्सवकै बेला यो अवार्ड पनि सम्पन्न हुने उनले बताए ।

     

     

    ७औं म्युजिक खबर म्युजिक अवार्ड विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक-गायिका

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु