
२४ असार, काठमाडौं । केही समयअघि मात्र बोल माया गीतबाट चर्चामा आएकी गायिका शान्तिश्रीको स्वरमा पुनः मन छुने गीत रुँदै रुँदै एउटा गीत गाए बजारमा आएको छ । एकपटक पक्कै पनि यो गीतले सबैलाई रुवाउने भएको छ । शान्तिश्रीसँगै केशव भुसालले स्वर दिएका छन् । यस गीतको लय÷शब्द केशव भुसालकै रहेको छ भने कमल सौरागको एरेन्जमा गीत तयार भएको हो ।
यस गीतको म्यूजिक भिडियोमा गोल्डेन डेबिट सेन ओली र साया भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई निशान बानियाँले निर्देशन गरेका छन् भने सागर गौतमको छायाँकन एवं संगीत बानियाँको सम्पादन रहेको छ ।
गुल्मी जिल्लाको म्यालपोखरी सुन्दर नगरी बाहुनपानीमा जन्मेका गोल्डेन डेविट सेन ओली पछिल्लो समयमा धेरैको मन मुटुमा बस्न सफल भयका छन् । धेरै गीतमा अभिनय गरेका गोल्डेन नँया गीत रुदै रुदै एउटा गीत गाएँबाट चर्चा पाईरहेको बताउँछन् । उनको पहिलो अभिनय ‘तिमीलाई हेर्ने आँखा’बाट सुरु भएको थियो ।पहिलो गीतको अभिनय को सफलता सँगै ‘आउँछ होला झल्को’ भन्ने गितमा अभिनय गरेका थिए। ‘चोखो माया हुँदै’ बोलको गितको अभिनयमा धेरै दर्शनकहरुको मन जित्न सफल भएका भएका थिए गोल्डेन आउँदा दिनमा राम्रो काम गर्ने बताउँछन् ।