
काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । कर्णप्रिय यस गीतलाई प्रसिद्ध गीतकार डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा अनिश श्रेष्ठको संगीत, आमोस तामाङको संगीत संयोज रहेको छ ।
नवल नेपालको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोफलमा रहेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसीलाई मेनुका माझी र गणेश गहतराजले अभिनयमा साथ दिएका छन् । मदन कश्यप घिमिरेले छायांकन गरेको भिडियोलाई मित्रा डी. गुरुङले सम्पादन गरेका हुन् । मर्मश्पर्शी गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।