काठमाडौं। हिन्दू धर्मालम्वीहरुको महत्वपूर्ण महिनाका रुपमा लिइएको माघ लिइएको छ । माघ महिनाभर माधवनारायणको मेला लाग्ने र शालीनदीमा स्नान गर्ने एवं श्रीस्वस्थानी परमेश्वरीको ब्रत लिएर उपबास बस्ने महिनाका रुपमा पनि माघभरि लिइने गरिन्छ । मुलुकभरबाट शालीनदीमा नुहाउन आउने र श्रीस्वस्थानी परमेश्वरीको दर्शन गर्न आउने भक्तजनहरुका लागि शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साखुदेखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गरेको छ ।
विशेष गरी धार्मिक आस्थाको केन्द्र बनेको साखुमा पौष सुक्ल पुर्णिामा देखि एक महिना सम्म लाग्ने माधव नारायण मेलालाई मध्य नजर गर्दै सहज रूपमा स्वस्थानी माता र लावण्य देश (हाल साखु) को बस सेवा सञ्चालन गर्न लागेको शुभ अधिकारी ट्राभल्सले जनाएको छ ।
विशेष गरी पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन्न बस सञ्चलन गरिरहेको छ । यसैक्रममा प्रालिले काठमाडौँको साँखुदेखि पोखरासम्म ‘लक्जरियस बस सेवा, आरामदायी सोफा, खाजाको सुविधा सहित बसमा ब्लाङ्केट तथा एसी सहित चार्ज गर्ने व्यवस्था सहितको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको छ । साथै एसी तथा हिटरको सुविधा रहेको बसमा यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाइ लगायतको सुविधा पनि उपलब्ध छन् ।
सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । मात्र १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रु गर्ने अवसर ग्राहकले प्राप्त गर्ने जानकारी बस सञ्चालक सज्जन अधिकारीले जानकारी दिए ।
‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेका छौँ,’ उनले भने । पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले ई सेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।
ट्राभल्सले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए । बिहान ६ः३० बजे र साँझ ६ः३० बजे काठमाडौँको साखुबाट बस पोखराको लागि छुट्ने छ। टिकट बुकिङका लागि काठमाडौँको लागि ०१ ४९१३८८८,०१४९१००३८ मोबाइल ९८२५१४०५८३ र पोखरा को लागि ०६१ ५४३६४९ ,०६१ ५७३५२४ तथा ९८४६०२२९३३ मा कल गरी बुकिङ समेत गर्न सकिने जानकारी सुभ अधिकारी ट्राभल्स का उमेश खडकाले जानकारी दिए।