सिमा राईको ‘लाउछु साडी रातो कलरको’ (भिडियोसहित )

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भएका छन् । यही अबसरमा नयाँ तिज गित ‘लाउछु साडी रातो कलरको’ बोलको गीत गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा सार्वजनिक भएको छ । उक्त गीतमा प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना रहेको छ । ‘लाउछु साडी रातो कलरको’ बोलको गीतमा हेमराज आश्रमको एरेन्ज रहेको छ ।

तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ । उक्त गीतमा सुशिल डाँगीको छायाँकन तथा सम्पादन रहेको छ । ‘लाउछु साडी रातो कलरको’ बोलको गीतको भिडियोलाई राजन मर्हजनले निर्देशन गरेका हुन् भने दिलिप राईको नृत्य रहेको छ । ‘लाउछु साडी रातो कलरको”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु