
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । काठमाडौंको माछापोखरीस्थित बुद्धमलमा आगामी चैत ३० गते शनिबार हुन गइरहेको बृहत रक्तदान कार्यक्रमले रगत अभावबाट छटपटाइरहेकाहरुलाई सहयोग मिल्ने गोरखा काठमाडौं समन्वय समितिका कोषाध्यक्ष कपिल भट्टले जानकारी दिए । कोषाध्यक्ष भट्टका अनुसार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहनेछ । ३० गते बिहान ९ः३० बजेबाट सुरु हुने यो रक्तदान कार्यक्रममा खुला रुपमा सबैलाई आव्हान गरिएको छ । जो कसैले पनि यस कार्यक्रममा उपस्थित भएर रक्तदान गर्न सकिने भट्टले जानकारी दिए ।