• गायिका सितु र राजदुत दुवसुको ‘म जस्तै तिमी’ सार्वजनिक !

    म्यूजिक खबर
    प्रकाशित: १८ असार २०७५, सोमबार

    असार १८, बेलायत । गीतकार श्री दुबसु क्षेत्री ज्यू ९ डा. दुर्गा बहादुर सुबेदी, संयुक्त अधिराज्यकालागि नेपाली राजदुतको एकल रचना रहेको र गायिका श्री सितु खरेलको एकल स्वर रहेको गीती संग्रह ‘म जस्तै तिमी पनि’ को लोकार्पण गरिएको छ । बेलायतमा सभ्य कार्यक्रमका म जस्तै तिमीलाई सार्वजनिक गरिएको हो ।

    सो गीती संग्रहको बिमोचन बरिष्ठ पत्रकार श्री सुमन खरेल र यसै एल्बम कि प्रस्तुतकर्ता तथा दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानकी अध्यक्ष श्री पुनम राज्यलक्ष्मी सुवेदीले गरेका थिए ।

    सोही कार्यक्रममा गायिका श्री सितु खरेललाई २०७४ सालको ‘दुबसु वाङ्मय सम्मान’ ले सम्मानित गरिएको थियो भने संचारकर्मी खगेन्द्र नेपालीलाई मानश्री सम्मान ले सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका खरेलले एल्बममा समावेश गीतहरु पनि प्रस्तुत गरेकी थिइन् । यस एल्बमको बिमोचन नेपालमा भने सेप्टेम्बरमा गरिने छ । 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु