सोना केसी र तेजेश रेग्मीको ‘किन हो बिर्सनी’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । गायिका सोना केसी र गायक तेजेश रेग्मीको स्वरमा नयाँ गीत ‘किन हो बिर्सनी’ बजारमा आएको छ । भँगेरी, पिडालु जस्ता गीत बजारमा ल्याएर चर्चा बटुलेका गायक सर्जक रेग्मीको लय तथा शब्दमा नयाँ गीत ‘किन हो बिर्सनी’ गीत बजारमा आएको हो । जापानलाई कर्मथलो बनाउँदै आएकी गायिका तथा मोडल सोना केसीको प्रस्तुति रहेको छ भने सहगायनमा सिता श्रेष्ठ, सुस्मिता घर्ती मगर सुनिल परियार र बाबुकृष्ण परियारले साथ दिएका छन् ।

 

केही समयका लागि जापानबाट नेपाल आएकी गायिका तथा मोडल सोना केसीले यो गीतलाई बजारमा ल्याएकी हुन् । नेपाली गीत संगीतमा लामो समयदेखि लगानी गर्दै आएकी सोना केसीले जापानमा रहँदा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिँदै आएकी छन् ।

 

‘किन हो बिर्सनी’को म्यूजिक भिडियोमा निर्देशक शिब बि.क.को निर्देशन रहेको छ भने शम्भू चालिसेको छायाँकन रहेको छ । भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् । भिडियोमा गायक तेजेश रेग्मी, गायिका सोना केसीको साथमा चक्र बमले नृत्य गरेका छन् । गीत सोना केसीको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु