गायिका सिर्जनाको ‘कान्छा’ बन्दै विप्लव !

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७५, शनिबार

काठमाडौं । गायिका सिर्जना कार्कीको पछिल्लो गीत ‘कान्छा’ अब छिट्टै बजारमा आउन लागेको छ । यतिबेला सुटिङको कार्य सम्पन्न गरेर सम्पादनमा रहेको म्यूजिक भिडियो अब केही समयमै स्रोताहरुको माझ आउने भएको छ ।

अर्पण कार्की र सिर्जना कार्कीको शब्द रहेको यस ‘कान्छा’ गीतमा गायिका सिर्जना कार्कीकै संगीत रहेको छ । म्यूजिक भिडियोमा विप्लभ खड्का, सिर्जना कार्की, अजिता खड्काको अभिनय रहेको छ । आरती सुनुवारको मेकअप रहेको म्यूजिक भिडियोको छायाँकन राम केसीको रहेको छ भने निर्देशन अर्पण कार्कीको रहेको छ ।
विप्लभ खड्काले यसअघि नै चर्चित गायक प्रमोद खरेल स्वरुपराज आचार्यको गीतहरुमा अभिनय गरिसकेका छन् । संख्यात्मक भन्दा गुणात्मकमा विश्वास गर्ने गर्ने खड्का सेलेक्टेडमा मात्र काम गर्ने बताउँछन् ।

 

 

नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु