सुगम, स्वप्न र लाउरेले गाउँदा नाचे स्वस्तिमा र बिनु

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७५, शनिबार

काठमाडौं । रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसंगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु,’ ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ लगायतका गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । शो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । शुभेक्षा खड्का र रबिन तमाङले संचालन गरेको कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु