सुजनको ‘तिमी नै तिमी’ मा बेनिशाको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७५, बिहीबार

२१ असार, काठमाडौं । नव गायक सुजन ढकाल आपनो पहिलो गीत ‘तिमी नै तिमी’ लिएर नेपाली सांगीतिक बजारमा आएका छन् । उनले पहिलो एल्बम ‘डेप्थ’मा समाबेश गीत ‘तिमी नै तिमी’को अडियो एवम् भिडियोलार्इ बुधबार डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्बजनिक गरेका हुन् ।

गीतमा सुजनको नै शब्द, संगीत तथा मानषी किरणको एरेन्ज रहेको छ भने म्युजिक भिडियोमा नायिका बेनिशा हमाल र सुजन आफैले अभिनय गरेका छन् अखिल बास्तोलाको क्यामेरा बिकाश ज्ञवालीको सम्पादन रहेको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन् । स्थायी घर सुर्खेत भई हाल वानेश्वर निवासी गायक ढकाल फरक फरक शैलीका ५ वटा गीतहरु समाबिस्ट डेप्थ एल्बम छिट्टै बजारमा ल्याउने तयारीमा छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु