• गोर्खालीको परिचय दिलाउँदै आए सुजन परियार

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०७५, सोमबार १०:४३

    काठमाडौं । प्रतिभाशाली गायक सुजन परियारले आफ्नो गाउँको झझल्को मेटाउँदै सबैका सामु गोर्खालीको परिचय दिने उद्देश्यले सालैजो गीत ‘मकैसिङ डाँडा’ बजारमा ल्याएका छन् । पर्यटकीय गोर्खाको क्षेत्र मकैसिङमा नै पुगेर छायाँकन गरी म्यूजिक भिडियो निर्माण गरिएको छ ।
    सुजन परीयर र बिमला दराइको प्रस्तुति रहेको यस गीतमा प्रतिभाशाली गायक सुजन परियार र मेनुका सोनीको आवाज र रमेश परियारको शब्द, संगीत रहेको छ ।

    गोर्खाको सुन्दर बस्ती पर्यटकीय गाउँ मकैसिङ गाउँमै सुटिङ गरियको यस भिडियोमा बिमला दरार्इ र गोबिन्द बिसीको अभिनय रहेको छ । नबिन घर्ती मगरको सम्पादन रहेको यस भिडीयोलाई शम्भु चालिसेले छायाँकन गरेका छन् भने चित्र मास्की मगरको निर्देशन रहेको छ ।

    गोर्खा चौतारी म्युजिकले बजार ब्यबस्थापना गरेको यस भिडियोको निर्माण संयोजक पूर्ण गुरुङ, बिपन गुरुङ र अमन गुरुङ रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु